दैलेखः जिल्लाको नारायण नगरपालिका–३ कालिमाटीका प्रेमबहादुर कटुवालकी श्रीमती देवीसरा कटुवाल २१ दिन देखि वेपत्ता भएकी छन् ।
गत जेठ २२ गत घरबाट दैलेख बजार आएकी देवीसरा सोही दिन देखि वेपत्ता भएको श्रीमान प्रेमबहादुर कटुवालले जानकारी दिएका छन् ।
घर छाडेर वेपत्ता भएपछि खोजी कार्यका लागि एक साता अघि जिल्ला प्रहरी कार्यालय दैलेखमा घर परिवारले निवेदन दर्ता गराएका छन् । यस अघि पनि श्रीमती देवीसरा तीन महिना हराएकाले प्रहरीको सहयोगमा फेला पारिएको प्रेमबहादुरले बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले श्रीमती वेपत्ता भएको भनेर आएको निवेदनका आधारमा खोजिकार्य भैरहेको बताए । ‘हामीकहाँ आएको निवेदनका आधारमा खोजी कार्य अघि बढाएका छौँ, हुलीयाका आधारमा वेपत्ता महिलाको खोजि तिव्र छ’, शाहले भने ।
पछिल्ला दिनहरुमा जिल्लाका विभिन्न ठाउँहरुबाट केहि महिला ऋण लगाएर वेपत्ता हुने गरेका छन् । पारिवारीक सल्लाह विना गाउँमा सञ्चालन भएका लघु वित्त बैंक, सहकारीले ऋण दिने, महङ्गो ब्याज अशुल्ने गरेकाले ऋणका कारण धेरैका घरबार बिग्रदै आएका छन् ।
वेपत्ता भएकी देविसराले पनि सहकारी, लघु वित्त बैँक र गाउँका स्थानीयबाट सुन, नगद सहित १६ लाख बढि ऋण लिएको कटुवालका श्रीमान प्रेम बहादुर कटुवालले बताए ।
देवीसराले कृषि विकास बैंक दैलेख शाखाबाट २ लाख ४० हजार, छिमेकी बैंक दैलेख शाखाबाट ६ लाख गोठपाँडा कृषक सहकारी लि. दैलेखबाट १ लाख र गाउँका स्थानीय छिमेकीबाट नगद र सुनचाँदी सहित करिव ६ लाख वराबर ऋण लिएकी रहिछन् उनी वेपत्ता भए पछि मात्र आफुलाई जानकारी भएको श्रीमान प्रेमबहादुर कटुवालले बताए ।
‘अहिले सबै घर जग्गा बैँकमा छ, बैँक, सहकारी र स्थानीय व्यक्ति ऋण तिर्न आफुलाई ताकेता गर्ने गरेको कटुवालको भनाइ छ ।










